राजपा सरकारसंग रिसायो, दियो माग पूरा गर्न समयसीमा


 


काठमाडौं, साउन १२
सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) सरकारदेखि रिसाएको छ । सरकारलाई माग पूरा गर्न समयसीमा दिएर समर्थन फिर्ता लिने तयारी गरिएको बुझिएको छ । नागरिकमा खबर छ ।

साउन ३ मा राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग राखेका थिए ।

माग सुनाएको एक साता नाघ्दा पनि सरकारले माग पूरा गर्नेबारेमा सामान्य चासोसमेत नराखेको भन्दै राजपाका नेताहरुले सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

सरकारले पार्टीभित्र आन्तरिक भागबन्डा मिलाउन एउटा मन्त्रालय फुटाउने निर्णय गरेपछि राजपा सरकारमा जाने सम्भावना पूरै बन्द भएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्