रंगेली नगरपालिकामा इ–बिलिङ शुरु


 


विराटनगर, साउन ११

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाले सरकारको नीतिअनुरुप सम्पूर्ण वडाबाट एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन शुरु गरेको छ ।

रंगेली नपामा रहेका नौवटा वडाबाट यही साउन १ गतेदेखि एकीकृत कम्प्युटर प्रणालीबाट राजश्व संकलन गर्ने कार्य शुरु भएको नगरपालिकाका सूचना अधिकृत कृष्ण भट्टराईले वताउनुभयो ।

नगरपालिकाका सबै वडाबाट दैनिक सरदर रु ३५ हजार राजश्व संकलन हुने गरेको छ । नगरपालिकाले नगरमा सम्पूर्ण ठेक्कापट्टाको कार्य अनलाइन माध्यमबाट गर्न शुरु गरेको छ । नगरपालिकाले भित्र हुने सम्पूर्ण निर्माण कार्य कम्प्युटर अनलाइन माध्यमबाट शुरु गर्दा नगरपालिकाको काम पारदर्शी देखिनाका साथै जनतामा सुशासनको अनुभूति हुने विचार नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले बताउनुभयो ।

नगरपालिकाका नागरिकको बाहै्र महिना आवागमनमा सुविधा पुर्याउन गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६० किलोमिटर ग्राभेल बाटोलाई स्तरवृद्धि गर्नाका साथै चौडा गरेको छ । नगरपालिकाले चालू आवमा संघीय सरकार, प्रदेश सरकारको सहयोगमा उक्त सडकलाई कालोपत्रे गर्ने लक्ष्य लिएको सूचना अधिकृत भट्टराईले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्