बजेट कार्यान्वयनमा लाग्न मन्त्री र सचिवलाई मुख्यमन्त्री राईको निर्देशन


 


विराटनगर, साउन ११
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री राईले प्रदेश १ का सबै विभागिय मन्त्री तथा सचिवहरुलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा सफल ढंगले लाग्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक बर्ष २०७५÷७६ को बार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्ययोजनाको छलफलमा मन्त्री तथा सचिवहरुलाई एकै ठाउँ राखेर मुख्यमन्त्री राईले निर्देशन दिएका हुन् ।

हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा सबैको सकारात्मक धारणा छ, अब कार्यान्वयन पक्ष कस्तो हुन्छ ? भनेर सबैको ध्यान केन्द्रित भएको छ, मुख्यमन्त्री राईले भने यस बजेटको प्रभावकारी कार्यान्वयनमा तपाईहरु आजैबाट लाग्नुहोस् ।

यदि यो बजेट सफल ढंगले कार्यान्वनय गर्न सकेनौ भने जनताका सपना पुरा हुँदैनन्, समृद्धिको यात्रा पुरा हुँदैन् मुख्यमन्त्री राईले निर्देशन दिदै भने बजेट कार्यान्वयन गर्न अलिकति पनि ढिला नगुर्नुहोस् ।

बजेट कार्यान्वयनमा केही चुनौती र समस्याहरु छन्, तर चुनौती र समस्या छन् भनेर चुप लागेर बस्नु हुँदैन, राईले भने व्यवस्थित ढंगले समस्या हल गर्दे अगाडि बढ्नुपर्छ ।

समयमै प्रदेश सरकार समक्ष हस्तान्तरण हुनु पर्ने संरचनाहरु संघीय सरकारले अहिलेसम्म हस्तान्तरण गरेको छैन्, यसको बारेमा हामीले संघीय सरकारसँग बारम्बार संवाद गरिरहेका छौं, मुख्यमन्त्री राईले भने ती संरचनाहरु हस्तान्तरण हुनैपर्छ र हुन्छ ।

हामी संघीयतको पहिलो अभ्यासमा छा,ैं मुख्यमन्त्री राईले भने हामीले यस प्रदेशसलाई सफल बनाउनु छ, तपाईहरुको बजेट कार्यान्वयनमा दृढ इच्छा शक्ति र संकल्पको खाँचो छ ।

कार्यक्रमा सबै मन्त्रालयका सचिवहरुले बजेट कार्यान्वयनको मार्गचित्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्