सुनको मूल्य घट्यो, कतिमा झर्यो आज ? हेर्नुहोस्


 


काठमाडौं, साउन ११
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्