डा. केसीसामू झुक्यो सरकार, १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न नपाइने


 



काठमाडौं, साउन १०
डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ । १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्नेलगायतका बुँदाहरुमा सहमति भएपछि डा. केसीले २७ दिन लामो अनशन तोडेका छन् ।

केसीलाई केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर अनसन तोडाए ।

सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको तिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ । सो अवसरमा बोल्दै नेकपाका नेता नेवाङले संसदको प्रक्रियामा गएर प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

प्रकाशित मिति: १० श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्