समयमा पुल निर्माण नहुँदा जनतालाई सास्ती
झापा, साउन १०
गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ ।
पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ हजारको लागतमा तीन वर्षमा पूरा गर्ने गरी उदयपुरको रौताहा जेवी कन्ट्रक्सन कम्पनीले विसं २०६८ फागुनमा ठेक्का पाएपनि अहिलेसम्म पुलले पूर्णता पाएको छैन । समयमै पुल निर्माण नहुँदा विद्यालय जाने बालबालिका र हाटबजार जान समस्या भएको स्थानीय केदार खड्काले बताउनुभयो ।
पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले पिलर गाड्नेबाहेक अन्य केही काम नगरेको र समयमा काम नसकेकाले रु २७ लाख ९२ हजार क्षतिपूर्ति तिरेको सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: १० श्रावण २०७५, बिहिबार