सुनचाँदीको मूल्य फेरि उकालो लाग्यो, कति छ आजको मूल्य ?


 


काठमाडौं, साउन १०
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५६ हजार सात सय रुपैयाँ पुगेको छ । सुन हिजो ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीमा पनि तोलामा पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ४० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्