प्रधानमन्त्रीको गृहजिल्लामा नदीको अध्ययन गर्दै चिनिया टोली


 


बिर्तामोड, साउन १०
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका नदीहरुमा तटबन्ध निर्माणका लागि चिनिया टोलीले अध्ययन सुरु गरेको छ ।

जिल्लाका विभिन्न नौवटा नदीमा व्यवस्थित तटबन्धन निर्माण गर्न चिनियाँ सरकारको सहयोग सुरु भएको छ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा त्यहाँको सरकारसँग झापाका नौंवटा नदीमा तटबन्धन निर्माण गर्ने सम्झौता गरेका थिए । सोही सम्झौता बमोजिम चिनियाँ प्राविधिक टोली झापा पुगेको हो ।

प्राविधिक टोलीले सिँचाइ मन्त्रालय, जल उत्पन्न प्रकोप, जनताको तटबन्धन कार्यक्रमका इन्जिनियर, संसद् र उच्च अधिकारीको सहभागितामा झापाका नदीको प्रारम्भिक अध्ययन गरिरहेको छ।

प्रदेशसभामा नेपाली प्राविधिकहरु पनि सहभागी छन् । नदी कटान र डुबान समस्याको दिगो समाधानका लागि आवश्यक तटबन्ध र खोलाका कारण बगरमा परिणत भएको जमिनको सदुपयोगको विषयमा समेत प्रारम्भिक अध्ययन हुनेछ।

प्रकाशित मिति: १० श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्