काठमाडाैंबासीले पाउँछन् दशैंसम्म मेलम्चीको पानी ?


 


काठमाडौं, साउन १०
ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को काम सम्पन्न नगरेको हुँदा यस वर्ष पनि काठमाडौंबासीले दशैंमा मेलम्चीको पानी प्रयोग गर्न नपाउने भएका छन् ।

आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको हो । नागरिकमा खबर छ ।

गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान(सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भएपछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।

तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि सकिएन ।

प्रकाशित मिति: १० श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्