रसुवामा पहिरोले चार जनाको मृत्यु, ११ सम्पर्कविहीन


 



काठमाडौं, साउन १०
रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा पहिरोले परिएर चार जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा पुरिएपछि धनजनको क्षति हुन पुगेको हो ।

टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको प्रहरीले जनाएको छ । पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचन खुल्न नसकेको बताइएको छ ।

बेपत्ताहरुको पनि खोजी कार्य भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो ।

प्रकाशित मिति: १० श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्