उर्लाबारी उवासंघको अध्यक्षका उम्मेद्वार भट्टराईको प्रतिबद्धता


 


उर्लाबारी, साउन ९

उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदको उम्मेद्वार बन्नुभएका बर्तमान अध्यक्ष समेत रहनुभएका चन्द्रबहादुर भट्टराई (भरत)ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

आज बिहान स्थानीय हाम्रो साकोसको सभाहलमा आयोजित उम्मेद्वार घोषणा कार्यक्रममा बर्तमान अध्यक्ष भट्टराई संघको भदौ ९ गते हुने ३० औँ चुनावी साधारणसभामा पुन :अध्यक्ष पदमा उम्मेद्वार दिनु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र राप्रपा समिर्थत उद्योगी एवम् व्यापारीहरुको तर्फबाट भट्टराई अध्यक्षमा उठ्नु हुने भएको हो ।

आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले बिगतको निर्वाचनमा घोषणा गरिएका प्रतिबद्धताहरु आफु निर्वाचित भएपछि ८० प्रतिशत बढी पुरा गरेको बताउनुभयो । संघमा आफ्नो पक्षमा बहुमत नहुँदा केही कामहरु गर्न नसकेको बताउनुहुँदै उहाँले अबको कार्यकालमा सबै प्रतिबद्धता पुरा गर्ने बताउनुभयो ।

संघलाई राजनिति गर्ने थलोको रुपमा कब्जा गर्ने प्रयाश भईरहेको बताउनुहुँदै उहाँले फर्ममा दर्ता भएका तर केही व्यवसाय नै नगर्नेहरुले राजनिति गर्ने थलोको रुपमा संघलाई कब्जा गर्ने प्रयाश भईरहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको बताउनुभयो । घरधनी र भाडावाला बीच सुमधुर सम्बन्ध राख्दै नगरमा घरभाडालाई बैज्ञानिक रुपमा एकरुपता बनाउनु अबको आफ्नो ध्येय रहेको भट्टराईले उल्लेख गर्नुभयो । घरबहाल कर सम्बन्धी ऐन र हाटबजारका व्यापारीहरुलाई सुरक्षित बनाउने विषयमा उर्लाबारी नगरपालिकासँग विशेष पहल गर्ने उहाँले उल्लेख गर्नुभयो ।

बिभिन्न निकायसँगको सहयोगमा नगरका अन्य क्षेत्रमा पनि सिसी क्यामरा जडान गर्ने बताउनुहुँदै भट्टराईले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सोलार बत्ती जडान गरिने बताउनुभयो । अबको कार्यकालमा स्थानीय व्यापारीहरुलाई औद्योगिक भ्रमणको समेत व्यवस्थापन गर्ने बताउनुहुँदै भट्टराईले व्यापारीहरुलाई बर्गिकरण गरेर सदस्यता शूल्क तोक्ने बताउनुभयो ।

नगरका व्यापारीहरुलाई करका विषयमा तालिमको व्यवस्था आफ्नो कार्यकालबाट सुरु भएको बताउनुहुँदै उहाँले अबको कार्यकालमा हार्डवेयर, सुनचाँँदी, होटल लगायत गरेर छुट्टाछुट्टै तालिमको व्यवस्था गर्ने बताउनुभयो । उर्लाबारी उद्योग बाणिज्य संघलाई नेपाल उद्योग बाणिज्य संघको सदस्यता दिलाउने कार्य आफ्नो कार्यकालमा सफल भएको भन्दै भट्टराईले संघको कार्यालयको व्यवस्थापन गर्न पनि आफु सफल भएको बताउनुभयो ।

प्रकाशित मिति: ९ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्