अापसी विवादमा श्रीमतीमाथि खुकुरी प्रहार, श्रीमान प्रहरी नियन्त्रणमा


 


उदयपुर, साउन ७
उदयपुरको सदरमुकाम गाईघाटमा एक जनाले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।

त्रियुगा नगरपालिका वडा नं ११ संगम टोल घर भई वडा नं ११ बि.पि. चोकमा पसल गर्ने बर्ष ४६ को सुभाषकुमार पराजुलीले आफ्नै श्रीमती ४२ वर्षीया अर्पना पराजुलीलाई खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट अर्पना गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । उनको त्रियुगा अस्पताल उदयपुरमा प्राथमिक उपचार गराई थप उपचारको लागि बिराटनगर लगिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने श्रीमान सुबास पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नबराज भट्टले जानकारी दिए ।

प्रहरीले आपसी घर झगडाका कारण घटना भएको जनाएको छ । यसबारे थप अनुसन्धकान भइरहेको जनाइएको छ । सुबास पराजुली १० वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरीया गएका थिए । उनी केहि दिनअघि मात्रै नेपाल आएका हुन् ।

प्रकाशित मिति: ७ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्