सुनको मूल्य फेरि बढ्यो, कति छ आजको भाउ


 



काठमाडौं, साउन ६
नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५६ हजार आठ सय रुपैयाँ पुगेको छ । सुन शुक्रबार प्रतितोला ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्