सरकारी जग्गा संसद र मेयर द्धारा भागभण्डा नगरेको दावी नियमानुसार जग्गा खाली हुने
साउन,६. उदयपुरको त्रियुगा नगरपालिकामा रहेको सरकारी जग्गा त्रियुगा नगरपालिका प्रमुख तथा वलदेव चौधरी र प्रदेश १ की संसद सुनिता चौधरीले जग्गा भागबण्डा नगरेको दावी गरेका छन । शनिबार नीजि प्रेस विज्ञप्ति जारी गरी सरकारी जग्गा भागबण्डा नगरेको दावी गरेका छन।त्रियुगा नगर क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणको नाममा रहेको विमानस्थलको सरकारी जग्गा अतिक्रमण गरी बनाइएको घर, टहरा भत्काउन वा खाली गराउने निर्णय भएको छ । जिल्लामा भएको सर्वपक्षीय बैठकले विमानस्थलको जग्गा खाली गराउने निर्णय भयपछी जिल्ला प्रशासन कार्यालय उदयपुर ले यहि मिती २०७५/४/२ गते बाट ३० दिने सुचना निकालेको छ। गएको साउन १ गते मंगलबार एक अनलाईनमा ‘सार्वजनिक जग्गा अतिक्रमणः अवैध घरटहरा भत्काउन सांसदको माग’ शिर्षकको समाचार त्रियुगा स्रोतका अनुसार प्रदेश संसददेखि नगरप्रमुख उपप्रमुख र वडा अध्यक्ष समेतको भागबण्डा गरेका छन।उदयपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा १ की सुनिता चौधरीको २ कठ्ठा, त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरीको ७ कठ्ठा, उपप्रमुखको ५ कठ्ठा, त्रियुगा नगरपालिका १३ कै वडा अध्यक्ष पशुपति चौधरीको २ कठ्ठा, भन्ने तथ्याङक गलत रहेको दावी गरेका हुन।
त्रियुगा नगरपालिका १३ मा रहेको त्रियुगा हवाई मैदानको नाममा लालपुर्जा रहेको गाईघाट ५ख कित्ता नम्वर १०३ मा १४ विगाहा १६ कठ्ठा १६ धुर जग्गा छ । त्यही जग्गामा तरकारी बजार, थारुहट रंगशाला निर्माण भइसकेको छ भने मदन भण्डारी अतिथि सदनको निर्माणधिन छ,त्यही अतिथि सदन र थारुहट रंगशाला छेउछाउको करिव ३ विघा सरकारी जग्गामा त्रियुगा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै अतिक्रमणमा परेको सर्वसाधरणको आरोप छ।पत्रकारलाई कारवाही होस शनिबार विज्ञप्ति जारी गर्दै नगरप्रमुख वलदेव चौधरी र संसद सुनिता चौधरीले सरकारी जग्गा भागबण्डा नगरेको दावी गरेका छन ।वलदेव चौधरीको विज्ञप्तिमा भनिएको छ, ‘निराधार, भ्रमक, कपोकल्पित, तथ्यहित विषय जवरजस्त जन समक्ष दुर्भावना फैलाउने नियतका साथ भएको पित पत्रकारिता गर्ने पत्रकार कानुन बमोजिम कारवाही गर्नको लागि सम्बन्धित निकायको ध्याँन आर्कषण गर्दछु ।’ यसैगरी प्रदेश संसद सुनिता चौधरीले पनि विज्ञप्तिमा भनेकी छिन, म आफु नै जग्गा हटाउने भन्ने कुरामा सहमत छु तर कुन तरिका ले मैले जग्गा लियको छु देखाएमा आफु जस्तोसुकै सजाय भोग्न तयार रहेको बताईन उनले भनीन ‘पित पत्रकारिता गर्ने पत्रकार श्री विदुर कटुवाल र थाहाखवर डट कम विद्युतीय पत्रिकालाई तत्काल पत्रकार आँचर संहिता बमोजिम कडा कारवाही गर्न र कटुवाललाई पत्रकारिता क्षेत्रबाट तत्काल निलम्बन गर्न माग गर्दछु ।’ पत्रकार माथि समाचार लेखेको विषयमा मेयर र सांसदले प्रेस विज्ञप्ती जारी गरेर खुल्ला चुनौती दिदा समेत उदयपुर को पत्रकार महासंघ समेत मौन बसेको छ। महासंघ ले मेयरको विपक्षमा थप समाचार नलेख्ने भनेर ।
समाचारको बिषयमा चित्त नबुझे प्रेस काउन्सिल मार्फत खण्डन गर्ने बैधानिक बाटो हुदाँ हुदै मेयर र सांसद चौधरीले प्रेस विज्ञप्ती निकालेर पत्रकारलाई धम्की दिएको पत्रकार तुलसी प्रसाद कोईरालाको भनाई छ । ‘पत्रकारले लेखेको समाचारको बारेमा कोही पीडित भए सम्बन्धित मिडिया मार्फत आफ्ना कुरा राख्नु पर्ने हो ।’ पत्रकार कोईरालाले भने ‘यहाँ त खुलम् खुल्ला पत्रकारलाई लिखित रुपमा धम्काउने शैलीमा विज्ञप्ती जारी हुदाँ समेत महासंघ नबोल्नु रहस्यमय छ ।समाचार लेखेको कुरामा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बारम्बार मेरो ‘जग्गा देखाई दे’ भनेर मानसिक यातना दिएको महासंघ नेतृत्वलाई जानकारी गराएको पत्रकार महासंघका सहसचिव तथा थाहा खवरका संवाददाता विदुर कटुवालले बताए । ‘महासंघको अध्यक्षलाई समस्याको बारेमा जानकारी गराउदाँ छलफल गर्दै छौ । यस विषयमा अरु समाचार नलेख्नु तपाईलाई नै समस्या पर्छ भनेको कटुवाल ले भने।
यता नेत्र विक्रम चन्द विपल्वले समेत एक विज्ञप्ति निकाली विरोध जनाएको थियो । गाईघाटको चिया पसल, चोक चोकमा समेत विरोधको लहर चलेको थियो । ‘जनप्रतिनिधि आएसँगै उदयपुरमा सार्वजनिक जग्गा अतिक्रमण तीव्र’ शिर्षकको समाचार प्रकाशन भएपछि स्थानीय प्रकाशनले चासो देखाएको थियो । त्यसपछि सरकारी जग्गा अतिक्रमण रोक्न र खाली गर्न बसेको सरोकारवावलाको बैठक समेत बसे । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले अब को सूचनाको आधारमा ३० दिन भित्र जग्गा खाली हुने जनायका छन।
प्रकाशित मिति: ६ श्रावण २०७५, आइतबार