ओलीको सपना पूरा हुँदै, घरघरमा ग्यास पुर्याउन पाइपलाइन जडान सुरु


 


 

बिराटनगर, साउन ६
बिराटनगरका घरघरमा पाइप लाइन जडान गरेर ग्यास पुर्‍याउने काम सुरु भएको छ ।

विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो । गोरखापत्रमा खबर छ ।

उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ज्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको छ ।

विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको हो ।

यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ । तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्