डा केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधनः गृहमन्त्री


 


जनकपुरधाम, साउन ५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा डा केसीको मागअनुरूप के गर्न सकिन्छ भन्ने सन्दर्भमा गृहकार्य भइरहेको बताउनुभयो ।

गृहमन्त्री थापाले संघीय प्रहरी ऐन निर्माणपछि मात्र प्रदेश प्रहरी ऐनको प्रक्रिया अगाडि बढ्ने स्पष्ट गर्नुभयो । सीमासम्बन्धी देखिएका जटिलतालाई आपसी सहमतिका आधारमा समाधान गरिने बताउँदै उहाँले सम्झौताको पुनरावलोकन पनि अपरिहार्य भइसकेको धारणा राख्नुभयो ।

गृहमन्त्री थापाले सरकारी ठेक्का लिइ काम नगर्ने ठेकेदारलाई कारबाही गरिने चेतावनी पनि दिनुभयो । उहाँले पार्टी एकीकरणको प्रत्याभूतिको कार्य अब स्थानीय तहमा पनि तीव्र गरिनेछ भन्नुभयो । रासस

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्