इलाम घुम्न आउने पर्यटकको संख्यामा बृद्धि


 


इलाम, साउन ५

पूर्वको पर्यटकीय जिल्ला इलाममा घुम्न आउने पर्यटकको संख्यामा बर्सेनि बढ्दै गएको छ । आर्थिक वर्ष ०७३/७४ मा ६६ हजार २९९ जना पर्यटक इलाम आएकोमा गत आर्थिक वर्ष ९३ हजार ९७६ जनाले इलामको भ्रमण गरेको रोङ गाउँपालिकाको जोरकलशस्थित पर्यटन सूचना केन्द्रको तथ्यांकमा छ ।

इलाम भित्रने पर्यटकमध्ये ४९ हजार ५२२ जना पुरुष र ४४ हजार ४५४ जना महिला रहेका छन् । आर्थिक २०७३/७४ मा ३६ हजार ४७० जना पुरुष र २९ हजार ८२९ जना महिलाले इलामको भ्रमण गरेका थिए । इलाम भ्रमण गर्ने पर्यटकमध्ये ९३ हजार ८१२ जना आन्तरिक र १६४ जना बाह्य पर्यटक रहेको पर्यटक सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेले जानकारी दिनुभयो । ‘इलाम भित्रिनेमध्ये छ हजार १०७ जनाले मात्र इलामबाहिर पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मको भ्रमण गरेका छन्’ सूचना अधिकृत घिमिरेले भन्नुभयो, ‘बाकी ८७ हजार ८६९ जनाले इलाम जिल्लाकै विभिन्न स्थानको भ्रमण गरेका छन् ।’ इलाममा रमणीय स्थलका साथै राम्रो हावापानी छ । यहाँ पर्यटन विकासको पूर्वाधार र प्रचार–प्रसारले गर्दा पनि पर्यटकहरुको रोजाइमा इलाम पर्न गएको हो ।

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्