केसीसंगको वार्ता अनिश्चित, थप अन्योलता बढ्दै


 


काठमाडौं, साउन ५
केसीका सहयोगी डा. जीवन क्षेत्रीले सरकार र केसीबीचको वार्ता थप अन्योलमा परेको बताएका छन् । दुई दिनदेखि वार्ताको विषयमा कुरासमेत नउठेको उनले बताएका हुन् ।

वार्ता समिति गठन भएको दुई दिनपछि डा। केसीले सचिवस्तरीय टोलीसँग वार्ता नगर्ने अडान लिएपछि अन्योलमा परेको हो । नयाँ पत्रिकामा खबर छ ।

उनले अहिले सरकारसंग हुने वार्ता विश्वासिलो बनाउन सके मात्रै डा. केसी अनसन तोड्ने पक्षमा रहेको बताए । उनले सिधै सरकारसंग मात्रै वार्ता गर्न चाहेका छन् ।

सरकारले पनि केसीको जीवनरक्षा पहिलो प्राथमिकता भन्दै वार्ताभन्दा पहिला उपचारमा जोड दिएको छ । तर, केसीले भने बिहीबारदेखि नै स्वास्थ्य जाँच गराउन मानेका छैनन् । उनले स्वास्थ्य जाँच नगर्ने र औषधि पनि नलिने बताएपछि चिकित्सकहरूले जाँच गरेका छैनन् ।

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्