काठमाडौं पुर्याएर केसीलाई धोका, लिए यस्तो अडान


 


काठमाडौं, साउन ५
चिकित्सा शिक्षा सुधारको माग राखी २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् ।

‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको भन्दै उनले माग पूरा नभए उपचार नलिने अडान लिएका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

डा.केसीले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उनको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवारदेखि डा. केसीको कुनै परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् ।

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्