यातायात समितिको नवीकरण नगर्ने स्पष्ट


 


काठमाण्डौँ, साउन ४

सरकारले यातायात समितिको नवीकरण नगर्ने स्पष्ट पारेको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन सिन्डिकेट खारेज गर्ने यसअघिको निर्णय अनुसार साउनबाट विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघहरुको नविकरण नगर्ने भएको हो ।

गत असार ३१ गते गृहमन्त्री, भौतिक पुर्वाधार तथा यातामन्त्री र सचिवहरुको बैठकले उक्त निर्णय गरेको हो । गत बैशाख ४ गतेको निर्णयअनुसार यातायात क्षेत्रका विसंगति र विकृति हटाउन यहि साउन १ गतेबाट संस्था दर्ता ऐन २०३४ ति संस्थाहरुको दर्ता खारेज गर्न प्रकृया अघि बढाउने निर्णय गरेको हो ।

यस अघि सिन्डिकेट अन्त्यपछिको सार्वजनिक यातायात सञ्चालनबारे सुझाब दिन गठित कार्यदलले मन्त्रिपरिषद्को निर्णयविपरीत प्रारम्भिक सुझाब दिएको थियो । कार्यदलले सवारीसाधनको रुट परमिट लिएका, तर संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका समितिलाई पुस मसान्तसम्म पञ्जीकरण गर्ने अवधि दिनुपर्ने सुझाब दिएको थियो ।

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्