गोविन्द केसीको आन्दोलनले गुम्यो टिचिङ हस्पिटलको ४१ करोड


 


काठमाडौँ, साउन ४

चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतलक वरिष्ठ चिकित्सक प्राध्यापक डा. गोविन्द केसीको अन्दोलनबाट त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ४१ करोड रुपैयाँ भन्दा बढी रकम गुमाउनु परेको छ ।

नेपाली विद्यार्थीलाई विदेशी मेडिकल कलेजमा पढ्न जान बाध्य बनाउने शैक्षिक माफियाको योजनाअनुसार भर्ना हुने समयमा अनसन बस्ने र सदैव अस्पताल रोज्ने केसीका कारण टिचिङ अस्पतालले ४१ करोड २५ लाख रुपैयाँ आम्दानी गुमाउनु परेको स्रोतको दाबी छ ।

पन्धौँ अनसन बसिरहेका डाक्टर केसी शुक्रबारबाट पुनः त्रिवि शिक्षण अस्पतालमा अनसन अघि बढाएका छन् । जुम्लामा अनसन बसेका उनको स्वास्थ्य अवस्था कमजोर भएपछि सरकारले बिहीबार काठमाडौँ ल्याएको थियो । वीर अस्पतालमा लिन खोजीएपनि केसीकै रोजाईमा टिचिङ लगिएको हो । उनले टिचिङमै अनसन शुरु गरेका छन् ।

केसीले अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनसन बसेका छन । त्रिवि शिक्षण अस्पतालका अनुसार प्रतिदिन २५ लाखका दरले आम्दानी हुने गरेको छ । यसअनुसार केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैयाँ गुम्न पुगेको छ । यसमाथि डाक्टर केसीको अनसनका लागि चाहिने खर्चसमेत अस्पतालबाटै उपलब्ध हुने गरेको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्