राष्ट्रियता र स्वाधीनताका पक्षमा लड्ने नेता पुष्पलाल


 


ललितपुर, साउन ४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा पुष्पलाल रहेको बताउनुभएको छ ।

पुष्पलालको ४० औँ स्मृति दिवस पारेर ललितपुर स्मृति प्रतिष्ठानले आज लगनखेलमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “पुष्पलाल प्रजातन्त्रका लागि सधैँ संघर्षशील रहुनभएको थियो ।”

नेता नेपालले समाजको जटिलता र विशेषतालाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै “जातीयताले कुनै दिन समस्या ल्याउन सक्छ भनेर उहाँले नामको पछाडि कहिल्यै श्रेष्ठ लेख्नुभएन भन्नुभयो ।”

नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले पुष्पलालले आजीवन वर्ग संघर्षमा जोड दिनुभएको बताउँदै जातीयताभन्दा विचारलाई उहाँले विशेष प्राथमिकतामा राख्नु भएको थियो भन्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य हरि दाहालले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले पुष्पलाल सधैँ संयुक्त आन्दोलनका पक्षमा रहेको धारणा व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्