भवन निर्माणका लागी जमिन खरिद


 


मोरङ, साउन ४

स्थापना भएको ३२ बर्ष पछि मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग बाणिज्य संघले भवन निर्माणका लागी पथरीशनिश्चरे २ सृजना चौकमा रहेको सिनभिलेज पार्टि प्यालेस नजिकै ५३ लाखमा ३ कठ्ठा जमिन खरिद गरेको छ ।

२०४३ सालमा स्थापना भएको व्यापार संघ हालसम्म नर्वदेश्वर शिवालय मन्दिरको भवनमा रहेर आफ्नो कार्य गर्दै आएको थियो अव भने आफ्नै स्वामित्वमा रहने गरि जमिन खरिद गरि कार्यालय स्थापना गरिने भएको हो । हाल दिपक बस्नेतको अध्यक्षतामा रहेको कार्यसमितिले वाणिज्य संघको भवन निर्माणका लागि सो जमिन खरिद गरेको हो ।

बाणिज्य संघको चुनाव ताका आफ्नो कार्यकालमा जग्गा र भवनको मुद्दा अन्त्य गर्ने अठोट लिएर चुनावि मैदानमा उत्रिनुभएका बस्नेतले आफ्नो वचन पुरा गर्नुभएको छ । भवन निर्माणार्थ खरिद गरिएको जमिन हाल संचालक समिती, नगरपालिका र ब्यापारीहरुको स्वस्र्फुत सहयोगमा रकम सङकलन गरि खरिद गरिएको सघका वाणिज्य महासचिव अशोक कुमार राईले बताउनुभयो । सो स्थानमा चाँडै भवन निर्माणको तयारी गरिने राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्