स्वास्थ्य क्षेत्रको खर्च घटाउने स्वास्थ्यमन्त्री यादवको उपाय: रोग लाग्नै नदिइने


 


काठमाडौँ, साउन ४

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ ।

आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री यादवले ले भन्नुभयो, “नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रुपमा जनताले पाउनुपर्छ, निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ, त्यसका लागि राज्य सहकार्य गर्न तयार छ ।”

सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै उहाँले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरुका लागि स्वास्थ्य सेवाको पहँुच पु¥याउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख गर्नुभयो ।

राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड थियो ।

मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा बिएण्डबी अस्पतालले आजदेखि शुरु गरेको हो । रासस

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्