अख्तियारको डरले कर्मचारी खाएको घुस धमाधम फिर्ता गर्दै !


 


डडेल्धुरा, साउन ४
मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसान्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ ।

अख्तियारले अनुसन्धान गर्ने भएपछि घुस खाएको पैसा धमाधम फिर्ता हुन थालेको छ । राजधानी दैनिकमा खबर छ ।

मुक्त हलियाबाट विभिन्न बहानामा २० हजार देखि ५० हजार घुस लिएको उजुरीमा उल्लेख छ ।

अख्तियारले छानबिन सुरु गरेलगत्तै मुक्त हलियाबाट घुस लिएका व्यक्तिहरुले घमाधन घुस लिएको रकम फिर्ता गरिरहेको र रकम पाइसकेपछि उजुरीकर्ताहरु उजुरी फिर्तालिन जिल्ला प्रशासन कार्यलयमा धाउन थालेकाछन् ।

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्