मन्त्रीले नै रोके बाहिरी चक्रपथ निर्माण, के रहेछ कारण ?


 


काठमाडौं, साउन ४
काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माणको चर्चा हुन थालेको बर्सौं बितिसके पनि अझै निर्माण सुरु हुन सकेको छैन। पछिल्लो समय विभागीय मन्त्रीले नै बाहिरी चक्रपथ निर्माण रोकेका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणसम्बन्धी सबै विवरण मन्त्रालय पठाएको अवस्थामा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण प्रक्रियामा थप छलफल गरी निर्णय लिनुपर्ने भन्दै प्रक्रिया रोकेका हुन्। अन्नपूर्णमा खबर छ ।

‘यसको थप अध्ययन आवश्यक परेको र तीन आनाभन्दा कमको टुक्रा बनाएर जग्गाको कित्ताकाट धेरै भएकाले यसबाट हुने समस्यालाई दृष्टिगत गरेरै हाललाई निर्माण रोकिएको मन्त्री राईले बताएका छन् ।

राज्यलाई भार पर्ने गरी ८ सय ५० रोपनी जग्गा थप गरेर दिनुपर्ने भएपछि रोकिएको उनको भनाइ छ। १४ वर्षअघि निर्माण घोषणा भएको ७२ किमि लम्बाइको बाहिरी चक्रपथमध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्ड ६।६ किमिको प्रक्रिया अगाडि बढाउने लक्ष्य लिएको थियो।

गत वैशाखको मन्त्रिपरिषद् बैठकले बाहिरी चक्रपथ निर्माणलाई गति दिने गरी जग्गा एकीकरण प्रक्रिया अघि बढाउन स्वीकृत दिएको थियो।

यो सडकको चोभार–सतुंगल जग्गा एकीकरण योजना सञ्चालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिइएको थियो। आयोजनाको डीपीआरसमेत स्वीकृत भइसकेकाले बाहिरी चक्रपथको पहिलो खण्ड निर्माण अघि बढ्ने अपेक्षा थियो।

प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्