धनकुटामा ३० प्रतिशत मात्र रोपाई


 


धनकुटा ३ साउन ।

असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिशत मात्र रोपाई भएको छ । आकाशे पानीको भरमा रोपाइ हुने क्षेत्रमा प्रसस्त पानी नहुँदा कृषकहरु मारमा परेका छन् ।

सिंचित तथा दुई बाली लाग्ने क्षेत्रमा साउनको पहिलो साताबाट रोपाइ हुने भएकाले असार महिनाको शुरुमा खासै रोपाइ हुन नसकेको जिल्ला कृषि कार्यालय धनकुटाका प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिनुभयो ।

धनकुटामा भदौको पहिलो सातासम्म रोपाइ हुने गरेको छ । धनकुटाको सान्ने, कुरुले, लेगुवा, परेवादीन, बेलाहारा, भिरगाउँ बसन्तटार लगायतको क्षेत्रमा बढी मात्रामा धान खेती हुने गरेको छ । जिल्लामा कुल सात हजार आठ सय बीस हेक्टर क्षेत्रफलमा धान खेती गर्न लागि उपयुक्त रहेको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्