भारतको राज्यसभामा २२ भाषाका दोषासेको व्यवस्था


 


नयाँदिल्ली, साउन २

भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ ।

अहिले थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एम. भी. नैडूले बुधबार घोषणा गर्नुभयो ।

माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । अहिले डार्गी, काश्मिरी, केन्कानी, सान्थाली र सिन्धी भाषाका दोभासेहरू थप गरिएको जनाइएको छ ।

भारतको संसदमा फरक फरक भाषा प्रयोग गर्ने समुदायका नेताहरू प्रतिनिधि भएर आउने गरेका छन् । फरक फरक भाषाभाषीका प्रतिनिधिहरूले आफ्नै भाषामा बोल्ने भएकाले उनीहरूको दोभासे अत्यावश्यक भएको बताइएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्