डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याउने


 


काठमाण्डौँ, साउन ३

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याउने निर्णय गरेको छ । नेकपाको गएराती बसेको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आज नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो ।

उहाँका मागबारे काठमाडौंमै बसेर गम्भीर छलफल गर्ने बैठकले निर्णय गरेको छ । १९ दिनदेखि अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भए पनि सरकारले चासो नदिएको आरोप लागिरहेको छ ।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत हुनुहुन्छ । यसबीचमा उहाँका प्रतिनिधिसँग सरकारले वार्ता गरे पनि सहमति हुन सकेको छैन ।

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्