मेडिकल कलेजले विद्यार्थी पाउन सकेनन्, भारतीय विद्यार्थी ओसारिदै


 


काठमाडौं, साउन ३
नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहेको छ, तर चलिरहेका कलेजले विद्यार्थी पाइरहेका छैनन् । वीरगन्जमा सञ्चालित नेसनल मेडिकल कलेजले नेपाली विद्यार्थी नपाएपछि भारतबाट ओसारेको छ । नयाँ पत्रिकामा खबर छ ।

तर, नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको छ । अझ जनकपुरको जानकी मेडिकल कलेजले त भारतीय विद्यार्थीसमेत नपाएकाले ३५ सिट खाली राखेको छ ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगन्ज र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएका कलेजका लागि स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलले प्रवेश परीक्षा लिन्छन् ।

दुवै विश्वविद्यालयले उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई कलेज रोज्न लगाएर भर्नाका लागि सिफारिस गर्छन् । तर, कलेजको गुणस्तरमा विश्वास नलागेकाले नेसनल र जानकीमा विद्यार्थी पढ्न जान मानेका छैनन् । तर, सरकारले कलेजको गुणस्तर होइन, संख्या बढाउन मात्र ध्यान दिएको छ ।

प्रवेश परीक्षा पास भएका विद्यार्थीलाई कलेज रोज्न लगाउँदा ४५ जना नेपाली र तीनजना भारतीय गरी जम्मा ४८ जनाले नेसनल मेडिकल कलेज रोजेका थिए ।

प्रकाशित मिति: ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्