स्वास्थ्य सेवा बन्द गर्ने निर्णय विरुद्ध चिकित्सक नै उभिए


 


काठमाडौं, साउन २

डा. गोबिन्द केसीको अनसनले चिकित्सकहरु नै बिभाजित भएका छन् । भोलिबाट देशभरका सबै अस्पतालमा सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको निर्णय बिरुद्ध चिकित्सकहरु नै उभिएका हुन् । राष्ट्रिय चिकित्सक संघ र अखिल नेपाल प्रगतिशिल जन स्वास्थ्य महासंघले अस्पतालमा सेवा ठप्प पार्ने नेपाल चिकित्सक संघको निर्णयको बिरोध गरेको हो ।

राष्ट्रिय चिकित्सक संघ र अखिल नेपाल प्रगतिशिल जन स्वास्थ्य महासंघले बुधबार साझ पत्रकार सम्मेलन गरेर नेपाल चिकित्सक संघको कार्यक्रमको बिरोध गरेको हो । यी दुबै संगठनले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा सुचारु राख्न अपिल समेत गरेको छ । नेपाल चिकित्सक संघ राजनीतिक दलको उद्देश्य पुरा गर्ने गोटी भएको दुबै संगठनको आरोप छ । नेपाल चिकित्सक संघले बुधबार पत्रकार सम्मेलन गरेर बिहीबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरे लगत्तै यी दुई संगठनले बिरोध गरेको हो ।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेल र अखिल नेपाल प्रगतिशिल जन स्वास्थ्याकर्मी महासंघका अध्यक्ष डा।कृष्ण सागर शर्माले जारी गरेको विज्ञप्तीमा अस्पतालबाट स्वास्थ्य सेवा नरोक्न अपिल गरिएको छ । राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा। पौडेलले अनुसार सरकारले वार्ता टोली गठन गरेर सहमति खोजिरहेकाले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम कुनै पनि मुल्यमा जायज नहुने बताए ।

यसैविच स्वास्थ्य सेवा बन्द गर्ने निर्णयमा नेपाल चिकित्सक संघ पनि बिभाजित भएको छ । संघकी कोषाध्यक्ष डा रक्षा श्रेष्ठले निर्णयमा नोट अफ डिसेन्ट लेखेकी छिन् । डा। श्रेष्ठ चिकित्सक विरामीको प्रत्यक्ष जिवनसँग राख्ने भएकोले हड्ताल उचित नहुने भन्दै निर्णयमा बिरोध जनाएकी हुन् ।

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्