अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन काँग्रेसको आग्रह


 


काठमाडौँ, साउन २

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश ९माथेमा आयोगको भावना र मर्म० अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको जनाएको छ ।

बैठकले माथेमा आयोगको भावना र मर्मविपरीतको विधेयक ल्याए संघीय संसद्सँगै सातै प्रदेशका प्रदेशसभामा पनि सोहीअनुसारको सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो ।

पदाधिकारी बैठकमा बिहीबारदेखि शुरु हुने पार्टीको विरोधसभालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्बन्धमा समेत छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो । काँग्रेसले सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन ३ गतेदेखि विरोधसभा गर्ने जनाएको छ । रासस

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्