बाणिज्य संघको चुनावका लागि उम्मेद्वार घोषणा


 


उर्लाबारी, साउन २

 आसन्न उर्लाबारी उद्योग वाणिज्य संघको निर्बाचनमा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले अध्यक्षमा  प्रितम खड्गीलाई उठाउने घोषणा गरेको छ ।

गठबन्धनले उर्लाबारी–७ स्थित नेपाली कांग्रेस नगर समितिको पार्टी कार्यालयमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारको नाम घोषणा गरेको हो । गठबन्धनमा कांग्रेससहित संघीय समाजवादी फोरम नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च समर्थित उद्योगी /व्यापारीहरु आबद्ध छन् ।

गठबन्धनले अध्यक्षमा प्रितम खड्गी, वरिष्ठ उपाध्यक्षमा विनोद न्यौपाने, वाणिज्य उपाध्यक्षमा संगिता अधिकारी, उद्योग उपाध्यक्षमा अरुण अग्रवाल, महासचिवमा हेमराज गुरुङ, वाणिज्य सचिवमा नेत्र आपागाई, उद्योग सचिवमा प्रदिप खनाल, कोषाध्यक्षमा सानु सुवेदी तथा सदस्यहरुमा प्रेम राई, निर्मला चौहान, संजय शर्मा, रामप्रसाद धिमाल र अल्लाहदिन मियाँलाई उम्मेदवार बनाएको छ । त्यस्तै लेखा समिति संयोजकमा दोर्ण अधिकारी र सदस्यमा सुरेश राईलाई उम्मेदवार बनाएको छ भने अर्का एकजना लेखा सदस्यको उम्मेदवारको नाम पछि जानकारी गराईने गठबन्धनले जनाएको छ ।

उम्मेदवारहरुलाई शुभकामना दिनेक्रममा कांग्रेस क्षेत्रीय सभापति खड्ग फागोले आफूले बाचा गरेका सबै काम पुरा गर्न उम्मेदवारहरुलाई सुझाव दिनुभयो । पुरा गर्न नसक्ने कुरा गरेर उद्योगी व्यापारीहरुलाई अल्मल्याउन नहुने तर बाचा गरेका सबै काम पुरा गर्नुपर्ने उहाँको भनाई थियो । सो अवसरमा कांग्रेस जिल्ला सदस्य सीता कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी जिल्ला अध्यक्ष दिलु लिङदेन, उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार रिजाल, संघीय समाजवादी फोरम नेपाल, उर्लाबारीका अध्यक्ष रामकुमार राईलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संघको निर्वाचन आगामी भदौ महिनामा गर्ने तयारी भईरहेको छ । अघिल्लो निर्वाचनमा पनि नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा उठ्नु भएका खड्गी बर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) सँग पराजित हुनु भएको थियो । संघको निर्वाचनमा बर्तमान अध्यक्ष भट्टराई र पूर्व अध्यक्ष धर्म शाक्य पनि उठ्ने बताईएको छ । उद्यपी उहाँहरुको औपचारिक उम्मेद्वारी घोषणा भने भईसकेको छैन ।

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्