उर्लाबारीमा आगलागीबाट ५० लाखको क्षति


 


मोरङ, साउन २

मोरङको उर्लाबारी – ६ स्थित नारायण शाहको कस्मेटिक पसलमा गएराती बिधुत चुहावट भई आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ ।

शाहको दुई तले पक्की घरको भुँई कोठामा रहेको कस्मेटिक होलसेल पसलमा आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण सामान र कोठा जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको हो । राती १० बजे लागेको आगोलाई प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्