कस्तो छ आज देशका प्रमुख नदीहरुको जलसतह ? हेर्नुहोस्


 


काठमाडौं, साउन २
आज प्राय: देशका सबै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तलै छ ।

आज कन्काई, कोसी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई कर्णाली, महाकाली सबै मुख्य नदीहरुमा पानीको वहाव सामान्य छ । यी नदीहरूमा अाज सतर्कता तह पार गर्ने सम्भावना पनि न्यून रहेको जल तथा मौसन विज्ञान विभागले जनाएको छ ।

आज देशको सुदूरपश्चिमी भू–भागका साथै पूर्वी पहाडी भेगका केही स्थानहरुमा हल्लादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्