छोराको कुटाईबाट बुवाको मृत्यु


 



सोलुखुम्बु, साउन २
छोराको कुटपिटबाट सोलुखुम्बुमा एक बाबुको मृत्यु भएको छ। दूधकुण्ड नगरपालिका–९ सानो खाम्दिङमा छोराको कुटाइबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको हो।

१८ वर्षीय छोरा तेन्जी शेर्पाले बुवालाई सोमबार साँझ कुटेर गम्भीर घाइते बनाएको स्थानीयले बताएका छन् ।

घाइते भएका फुर्वाको मंगलबार साँझ आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ। घटनालगत्तै फरार भएका तेन्जीलाई प्रहरीले दूधकुण्ड नगरपालिका–१० स्थित सोल्मासा जंगलबाट नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्