३३ किलो सुन प्रकरण : प्रधानमन्त्रीको असन्तुष्टिपछि अनुसन्धान रोकियो


 


काठमाडौं, साउन २
३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि थप अनुसन्धान रोकिएको छ ।

प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ । नागरिकमा खबर छ ।

गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज पौडेलसहितले समितिको काम कारबाहीबारे जानकारी गराएका थिए ।

समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरुलाई पनि गिरफ्तारी गर्नुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए ।

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्