सरकारबिरुद्ध बिपक्षीको मोर्चाबन्दी


 


काठमाण्डौँ, साउन १

केपी ओली नेतृत्वको सरकार विरुद्ध विपक्षी दलको घेराबन्दी बढ्दै गएको छ । संसदबाट सरकार विरुद्ध मोर्चाबन्दी शुरु गरेको विपक्षी काँग्रेस सडक आन्दोलनको घोषणासम्म पुगेको छ ।

केपी ओली नेतृत्वको सरकार बनेको ५ महिना नबित्दै प्रमुख प्रतिपक्षले सरकारविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । आज नै नयाँ शक्ति नेपालले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । आजका यी दुई घटनाक्रममले सरकार र प्रतिपक्षबीचको दूरी फराकिलो बन्नुका साथै उनीहरु अब सडकमै आमनेसामने हुने देखिएको छ ।

चिकित्सा शिक्षा विद्येयकको विषयमा काँग्रेसले अवरोध गरेपछि संसद साउन ३ गतेसम्मका लागि स्थगित छ । यहीबेलामा काँग्रेसले आज सडक आन्दोलनको घोषणा गरेको हो । काँग्रेसका भाृत संस्था यस अधि नै सडकमा उत्रिइसकेका छन् । उता सत्तारुढ दलले विपक्षीको आन्दोलनलाई हास्यपद भनेको छ ।

काङ्ग्रेसको आन्दोलन गर्ने घोषणालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले भने गैरलोकतान्त्रिक, गैरजिम्मेवार र हास्यास्पद भनेर टिप्पणी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिपक्षी काङ्ग्रेसले नियमित विधेयक समेत सदनमा प्रस्तुत गर्न नदिएर गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरिरहेको भन्दै संविधान कार्यान्वयन गर्न प्रतिबद्ध सरकारका कामकारवाहीविरुद्ध सडक आन्दोलनको घोषणा गर्नु आफैमा द्धैध चरित्र भएको प्रतिकृया दिनुभयो ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्