अति बिपन्न परिवारका लागि फलामे चुलो वितरण


 


मोरङ, साउन १

मोरङको बेलबारी नगरपालिकाले अति बिपन्न परिवारका लागि सुधारिएको फलामे चुलो वितरण गरेको छ । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र ललितपुरको सहयोगमा नगरपालिकाले १९ बिपन्न परिवारलाई चुलो हस्तान्तरण गरेको हो ।

खाना छिटो पाक्ने, थोरै दाउरामा खाना पाक्ने अन्यत्र सार्न मिल्ने खालको चुलो बितरण गरीएको नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर ५ र ६ का गरिव बिपन्न परिवारलाई चुलो वितरण गरिएको हो ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्