धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन


 


काठमाडौं, साउन १
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको आज निधन भएको छ । लामो समयदेखि विरामी अवस्थामा रहेका सुब्बाको आज उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आज दिउसो निधन भएको हो ।

निमोनियाबाट ग्रसित ५२ वर्षीय सुब्बाको दुई सातादेखि उपचार भइरहेको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।

मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्