नयाँ आर्थिक वर्षको पहिलो दिन सुनको मूल्य घट्यो, कतिमा झर्यो ? हेर्नुहोस्


 


काठमाडौं, साउन १
नेपाली बजारमा नयाँ आर्थिक वर्षको पहिलो दिन आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार एक रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य घटेपनि चाँदीको पनि मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्