विदेश पठाइदिन्छु भन्दै लाखौं ठगेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ, पैसा माग्दा उल्टै धम्की !


 


काठमाडौं, साउन १
बिदेश पठाउछु भन्दै विभिन्न व्यक्तिहरुबाट लाखौं ठगी गरेको आरोपमा अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्कर पक्राउ परेका छन्।

महानगरिय प्रहरी प्रभाग काँडाघारीले साउँदलाई काठमाडौंबाट उनकै कोठाबाट प्रहरीले पक्राउ गरेको हो ।

तीन बर्ष पहिले मकाउ पठाइदिने भन्दै चार जना युवाबाट चार लाख रुपैयाँ लगेर ठगि गरेको भन्दै जिल्ला प्रशासन काठमाडौंमा साउद बिरुद्द उजुरी परेको थियो।

पीडित पूर्णबहादुर खड्काका अनुसार साउँँदले खड्काबाट दुई लाख, रबि बस्नेत, राजेन्द्रबहादुर चन्द, विश्नु क्षेत्रीबाट एक÷एक लाख लिएका थिए । साउदले उनीहरुबाट पासपोर्टसमेत लगेका थिए।

पटक पटकको प्रयास पछि साउदले डेढ लाख रुपैयाँ दिएपनि बाँकी पैसा नदिएको पीडितहरुले बताएका छन् । पीडितकाअनुसार बाँकी पैसा माग्दा उनले उल्टै धम्की दिने गरेका थिए । साउद तत्कालिन माओबादी केन्द्रबाट गाउँपालिका अध्यक्ष बनेका हुन् ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्