नेपाल–भारत पानी जहाज सञ्चालनबारे बन्यो यस्तो सहमति


 


काठमाडौं, साउन १
नेपाल र भारतका अधिकारीबीच पानी जहाज (जल यातायात) सञ्चालनका लागि काम–कारबाही तुरुन्त अगाडि बढाउन सहमति भएको छ ।

नेपाली टोलीले भारतको र भारतीय टोलीले नेपालको नदी प्राविधिक जाँचपडताल गरी स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा दुवै पक्षबीच संस्थागत संरचना गठन गर्ने सहमति भएको छ ।

काठमाडौंमा दुवै पक्षबीच सोमबार सम्पन्न बैठकपछि जारी जल तथा ऊर्जा आयोगले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबाट आ–आफ्नो तर्पmको प्राविधिक टोली गठन गरी यथाशीघ्र दुवै पक्षलाई सुविधा हुने समयमा स्थलगत भ्रमण गर्ने उल्लेख छ ।

विज्ञप्तिअनुसार नेपाली प्राविधिक टोलीले भारतको गंगा नदी (एनडब्लू–१) का हाल निर्माणाधीन कोलकाता हल्दिया–वाराणसी जलमार्गको अध्ययन गर्नेछ ।

त्यसैगरी भारतीय पक्षको विशेषज्ञ टोलीले नेपालतर्पm कोसी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुवै पक्षबीच छलफल गर्ने सहमति भएको छ ।

नेपाललाई समुद्रसम्म जलमार्गमार्पmत जोड्ने ९इनल्यान्ड वाटरवे कनेक्टिभिटी० सम्बन्धमा नेपाल र भारतमा यसका सम्भावना र अवसरबारे काठमाडौंमा आइतबारदेखि छलफल तथा वार्ता भएको थियो ।

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्