आजदेखि जिल्लाका यी कार्यालय खारेज


 


काठमाण्डौँ, साउन १

संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय साउन १ देखि खारेज हुँदैछन्। संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवा प्रदायक कार्यालयहरु खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन्।

सरकारले साउन १ देखि लागु हुने गरी जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो। सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बतएको समाचार नयाँ पत्रिका दैनिकमा छ। खारेज भएका कार्यालय

जिल्ला शिक्षा कार्यालय

जिल्ला जनस्वास्थ्य कार्यालय

जिल्ला कृषि विकास कार्यालय

जिल्ला पशुसेवा कार्यालय

जिल्ला प्राविधिक कार्यालय

जिल्ला वन कार्यालय

जिल्ला बाल कल्याण समिति

शान्ति समिति

जिल्ला सहकारी कार्यालय

भू–संरक्षण कार्यालय

घरेलु तथा सना उद्योग

महिला तथा बालबालिका कार्यालय

जिल्ला अस्पताल

जिल्ला सिंचाइ कार्यालय

जिल्ला खानेपानी कार्यालय

सहरी विकास डिभिजन कार्यालय

जिल्ला खेलकुद विकास समिति

प्रकाशित मिति: १ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्