जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन, यस्तो छ नयाँ नाम


 


काठमाडौं, असार ३२
सरकारले जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले जनकपुर उपमहानगरपालिकाको नाम जनकपुरधाम उपमहानगरपालिका राखेको छ ।

बैठकले जनकपुरधामको नामबाट उपमहानगरपालिकाको नाम पनि जनकपुरधाम राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्