सातवटा गाउँपालिकाको केन्द्र निर्धारण, कसको कहाँ तोकियो ?


 


काठमाडौं, असार ३२
सरकारले विभिन्न गाउँपालिकाको केन्द्र तोकेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संविधानबमोजिम स्थानीय तहको मागअनुसार केन्द्रहरु परिवर्तन गर्ने निर्णय गरेकोहो।

सोअनुसार गोरखाको धार्चे गाउँपालिकाको केन्द्र अब माछीखोला भएको छ भने पर्वतको मोदी गाउँपालिकाको केन्द्र पातीचौर भएको छ ।

त्यसैगरी पर्साको हरिहरपुर गाउँपालिकाम विर्ता कायम गरिएको छ भने पर्साकै विन्दाबासिनी गाउँपालिकाको पर्सौनी भाठा कायम गरिएको छ ।

धादिङको थाक्रे गाउँपालिकाको केन्द्र महादेवबाँसी र दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातमाटा कायम गरिएको छ ।

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्