नेकपाले बोलायो सचिवालयको बैठक


 


काठमाडौँ, असार ३२

नेपाल कम्युनिष्ट पार्टी ने क पा ले आकस्मिक रुपमा केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा सरकार सञ्चालन, डाक्टर गोविन्द केसीको अनसन, सदनमा प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोध लगायतका विषयमा छलफल हुने छ ।

यसैगरी, पार्टीका प्रदेश, जिल्ला गाउँ/नगर कमिटी र जनसंगठनको एकताका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

केहीदिन अघि मात्र नेकपाले पार्टीको नियमावली पारित गरेको थियो । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा तीन महिनाभित्र सबै तहको एकता सक्ने भनिएको थियो ।

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्