चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छः स्वास्थ्थ्यमन्त्री


 


काठमाडौँ, असार ३२

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार कक्षको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले उक्त विचार व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “नेताजीहरुले नै अस्पताल खोलेर चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना भएको छ, यसले चिकित्सा क्षेत्रमा एक खालेको प्रदूषण भित्रिन थालेको छ ।”

उहाँले शिक्षण अस्पताललाई सेवा, सुविधा र उपकरणले सम्पन्न बनाई उदाहरणीय अस्पतालका रुपमा विकास गर्न स्वास्थ्य मन्त्रालयको साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्