प्रहरीमाथि शंका गर्दै ‘गोरे’ले मागे नेपाली सेना, कारागारमा देखाउँछन् फरक व्यवहार


 


काठमाडौं, असार ३२
साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड चुडामणि उप्रेती गोरेले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् ।

प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेका छन् । एक प्रहरी अधिकारीकाअनुसार गोरे प्रहरीलाई टोलाएर हेर्ने र आफ्नो सुरक्षा अपुुग भएको भन्दै कराउने गरेका छन् । उनले केही अघि आफ्नो सुरक्षाका लागि नेपाली सेना हुनुपर्ने माग गरेको स्रोतको भनाई छ । नयाँ पत्रिकामा खबर छ ।

यद्यपि, गोरेले यस्तो किन भनिरहेको छ भन्नेबारे कारागारलाई खासै जानकारी भएको छैन ।

काठमाडौंस्थित केन्द्री कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चुडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन् ।

कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसकैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलउने र आँखाबाट आँसु झार्ने जस्ता व्यवहार देखाउने गरेका बताइएको छ ।

जिल्ला अदालत, मोरङको आदेशपछि पुर्पक्षका लागि उनी कारागारमा छन् ।

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्