यस्तो बन्यो नेकपाको विधान, केन्द्रीय सदस्यको जिम्मेवारी घट्यो


 


काठमाडौं, असार ३२
नेकपाले पार्टी एकतापछि नयाँ विधान बनाएको छ । केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नयाँ विधान बनाएको हो । विधानअनुसार नेकपाले केन्द्रीय सदस्यहरलाई दुई पालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ ।

९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्‍याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका÷नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए ।

विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो । पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतले बतायो ।

केन्द्रीय सदस्यको संख्या ४ सय ४१ बनाइएपछि सबै केन्द्रीय सदस्यलाई भूगोलको जिम्मा दिन स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: ३२ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्